मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज (१६ वैशाख) काठमाडौंमा तेस्रो लगानी सम्मेलन हुँदैछ । प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति रु. नौ खर्ब बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् । नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार ६…