तरलता व्यवस्थापन गर्न शुक्रबार १० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बजारमा तरलता व्यवस्थापन गर्नको लागि शुक्रबार १० अर्ब रुपैयाँ पठाउने तयारी गरेको छ । बैंक तथा वित्तीय संस्थाको विकास ऋणपत्र धितोमा राखेर यतिका रकम बजारमा पठाउन लागेको हो । बैंकिङ प्रणालीमा तरलताको अवस्था कमजोर देखेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग भएको विकास ऋणपत्र धितोमा राखेर रकम पठाउन लागेको हो । पुस…