बंगलादेश–भारत–नेपाल बससेवा

बंगलादेश, भारत र नेपालबीच पहिलोपटक परीक्षणका रुपमा बससेवा शुरु भएको छ । तीनदिनअघि बंगलादेशको राजधानी ढाकाबाट कोलाकाता हुँदै यात्रुबाहक बस पहिलोपटक नेपालको संघीय राजधानीमा आइपुगेको छ । राससका अनुसार उक्त बसका यात्रीका रुपमा तीनवटै मुलुकका सरकारी प्रतिनिधिमण्डल सम्मिलित थिए । बससेवा प्रारम्भसँगै भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्टे शाम्सले आज साँझ…