हसुलिया र पहलमानपुर सबस्टेसन एकसाथ संचालनमा

कैलालीको विद्युत आपूर्तिलाई गुणस्तरीय बनाउन निर्माण गरिएका दुईवटा सबस्टेसन संचालनमा आएका छन् । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले बुधबार हसुलिया ३३/११ केभी र पहलमानपुर १३२/३३/११ केभी सबस्टेसनको उद्घाटन गरेका छन् । नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैकको सुहलियतपूर्ण ऋणमा निर्माण भएका सबस्टेसनको काम निर्धारित समयमै सकिएको छ ।…