धितोपत्र बजारमा सोमबार पनि सेयरको मूल्य घटेको छ । लगातार ओरालो लागेको बजार घटेर एघार सयको आसपासमा आइपुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक सात दशमलव २१ बिन्दुले घटेर एक हजार १०२ दशमलव ५१ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत एक दशमलव आठ बिन्दुले…