बूढीगण्डकीलाई तत्काल अगाडि बढाउनुपर्नेमा जोड

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउन सरोकार पक्ष एक मत देखिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परियोजना स्थल गोरखा र धादिङका प्रभावित जनता र स्थानीय राजनीतिक दलका प्रतिनिधिले परियोजना छिटो अघि बढाउने प्रतिबद्धता जनाएका हुन् । काठमाडौंमा आयोजित ‘बूढीगण्डकी जलविद्युत् आयोजनाको पुनर्वास तथा पुनःस्थापना नीतिको मस्यौदा’माथि भएको छलफलका…