करीब रु २८ करोडको लागतमा म्याग्दीको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइले गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार खिवाङ शिख हुँदै घोडेपानी नजिकैको बस्ती चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नति शुरु गर्न लागेको हो । आयोजनाका प्रमुख शिवराम गेलालले हाल कच्ची, साँघुरो र ग्रेड नमिलेको…