पछिल्लो समययता अनलाइनमार्फत विद्युतीय महसुल तिर्ने उपभोक्ताहरुको संख्यामा उल्लेख्य मात्रामा बृद्धि भएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल तिर्न ‘अनलाइन पेमेन्ट’ प्रणाली सुरु गरेपछि उपभोक्ताको यसतर्फ आकर्षण बढेको हो । प्राधिकरणका अनुसार अहिले केन्द्रीय प्रणालीबाट विद्युत उपभोग गर्ने ग्राहकको संख्या मुलुकभर ३५ लाख बढी छ । प्राधिकरण वितरण तथा ग्राहक निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज…