चेम्बरद्वारा कर फिर्ता लिन माग

काठमाडौं महानगरपालिकाले हालै गरेको कर बृद्धिको नेपाल चेम्बर अफ कमर्सले विरोध जनाएको । महानगरको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०७४ मा आर्थिक वर्ष २०७४/०७५ को निमित स्थानीय कर, शुल्क, दस्तुर र जरिवाना संकलन गर्न, छुट दिन तथा अन्य आय संकलन गर्न अत्यधिक कर बृद्धि प्रति चेम्वरको गम्भीर ध्यानाकर्षण भएको भन्दै विरोध गरेको…