उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वदेशी उत्पादनको प्रयोग बढाएर आयातमुखी अर्थतन्त्र नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभएको छ । सिमेन्ट उत्पादक संघले ललितपुरमा आयोजना गरेको ‘सिमेन्ट कन्क्लेभ’मा उहाँले स्वदेशी उत्पादन वृद्धिले अर्थतन्त्रलाई सही दिशामा लैजान र आयातलाई घटाउन सकिने धारणा राख्नुभएको हो । 'हामी सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्था छ । अब आफ्नै देशमा उत्पादन…