विकाश रौनियार, धादिङ धादिङको ज्वालामुखी गाउँपालिकाले असार १५ को अवसर पारेर ५८ जना कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । खेतीपातीलाई सहज बनाउनका लागि गाउँपालिकाले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर (मिनीटिलर) वितरण गरेको हो । किसानलाई खेती गर्न सजिलो होस् भनेर कुल ५८ जना कृषकलाई मिनी तथा पावर टेलर अनुदानमा वितरण गरिएको गाउँपालिका अध्यक्ष यामनाथ…