बैंकको चर्को ब्याजविरुद्ध व्यवसायी आन्दोलित, बजार बन्ददेखि ‘नो डिपोजिट’सम्म

डम्बर निदाल, डडेल्धुरा डडेल्धुराका व्यवसायी बैंकको चर्को ब्याजविरुद्ध आन्दोलनमा उत्रिएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याज लिएको भन्दै डडेल्धुराका उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा उत्रिएका उद्योगी, व्यापारीहरूलाई डडेल्धुरा उद्योग वाणिज्य संघको नेतृत्व रहेको छ । उद्योग वाणिज्य संघ, वस्तुगत संघ, नागरिक समाज र उद्योगी व्यवसायीहरूको उपस्थितिमा सोमबार बसेको बैठकले आन्दोलन गर्ने…