नेता खुमबहादुरसँगका केही रोचक सम्झना

– देवप्रकाश त्रिपाठी परिचित कतिपय मानिस नेपाली काङ्ग्रेसका नेता खुमबहादुर खड्का र मेरोबीचको सम्बन्धलाई ‘विशेष’ मान्दथे–मान्दछन् । कतिसम्म भने मेरो पत्रकारिता जीवनसमेत खुमबहादुरको सहयोगमा चलिरहेको छ भनी ठान्नेहरू पनि थिए । वास्तवमा उहाँसँग मेरो सम्बन्ध पूर्ण रूपले राजनीतिक थियो, तर मानिसहरू अलिक बेग्लै रूपमा बुझ्दथे । हाम्रो सम्बन्धको पवित्रतालाई जस्ताको त्यस्तै बुझ्नेमा खुमबहादुर खड्काको पारिवारिक…