घरकलहले खुम्चिएको काङ्ग्रेस

– इन्द्रबहादुर बराल केही महिनाअघि सम्पन्न भएका प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन परिणामलाई लिएर नेपाली काङ्ग्रेसमा आरोप–प्रत्यारोपले निकै स्थान पाइरहेको अवस्था छ । कम्युनिस्टहरूको फुटको लाभ उठाउँदै लामो समय सत्तारुढ हुन पुगेको काङ्ग्रेसले त्यो वास्तविकतालाई छायामा राखेको छ । यद्यपि त्यो एउटा मात्रै कारण थिएन । प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो संसदीय निर्वाचन ०४८ बाहेकका सबै निर्वाचनमा काङ्ग्रेसले…