ती कसका जनता हुन् सरकार ?

■ सुन्दर शर्मा त्यही खुलामञ्चलाई अनेकौँ सङ्घर्षको स्थायी थलो बनाई त्यही थलोबाट विभिन्न आन्दोलन गर्दै सिंहदरबार पुग्न सफल सत्ताधारीले कति छिट्टै र सजिलैसँग त्यो थलोलाई चटक्कै बिर्सन सकेका भन्ने कुरा गणतन्त्र दिवसको अवसरमा भोका–प्यासा जनतालाई सरकारी पक्षबाट गरिएको उपेक्षापूर्ण अभद्र व्यवहारबाट सजिलै बुझ्न सकिन्छ । लामो निषेधाज्ञाको कारण आमजनतालाई एक छाक खाना खानै महामुस्किल परेको…