पीएम ओलीलाई प्राप्त समर्थन र शक्ति

प्रधानमन्त्री बनेको चौबीस दिनपछि मुलुकका प्रमुख कार्यकारी केपी शर्मा ओलीलाई दुईतिहाइभन्दा ज्यादा सांसदबाट विश्वासको मत मिलेको छ । नेपालको इतिहासमै कुनै सरकार (प्रधानमन्त्री)लाई हासिल भएको यो बिरलकोटीको विश्वास वा समर्थन हो । विश्वासको मत लिनुअघि नै मुलुकका संवेदनशील एवम् महत्वपूर्ण निकायहरूलाई प्रत्यक्ष रूपमा हेर्ने गरी आफूमातहत ल्याएर शक्ति केन्द्रीकरणको चेष्टा प्रदर्शन गरेका प्रधानमन्त्री ओली अब…