प्रचण्डबाट उपयोग हुने पालो अब केपीको !

– देवप्रकाश त्रिपाठी ऐतिहासिक पृष्ठभूमि, दर्शन, विचार, सिद्धान्त, नीति र कार्यक्रमका आधारमा नेपाली काङ्ग्रेस र माओवादीबीचको अन्तरविरोध प्रधान हुनुपर्ने हो, थियो । हिंसात्मक युद्धको दशकमा नेपाली काङ्ग्रेसका हजारौँ निर्दोष कार्यकर्ता मारिए, काङ्ग्रेससँगको आबद्धता नै तिनको इहलीला समाप्तिको कारण थियो । तर, माओवादी युद्ध विसर्जनसँगै काङ्ग्रेस नेतृत्व र माओवादीबीचको मित्रता नाटकीय रूपमा प्रगाढ बन्न पुग्यो ।…