काङ्ग्रेसका नेताले यो बुझ्न सक्छन् ?

दामोदर पौडेल सात सालको आन्दोलनपछि २०१५ सालको चुनावमा काङ्ग्रेसले बहुमत प्राप्त गर्‍यो । त्यतिबेला देशको प्रधानमन्त्री विपी बन्ने कि सुवर्ण शमशेर बन्ने भन्नेमा फरक मतहरू आएका रहेछन् । अर्थशास्त्रका ज्ञाता र शालिन ब्यक्तित्व सुवर्ण शमशेर देशको प्रधानमन्त्री बन्दा काङ्ग्रेस र लोकतन्त्र सुरक्षित हुन्छ । किनभने, राजा महेन्द्र जति बीपीको ब्यक्तित्वप्रति सशङ्कित छन् त्यति सुवर्ण शमशेरसँग…