महानायकको महाअपमान किन ?

■ देवप्रकाश त्रिपाठी ‘सत्य’ नबिक्ने देशमा सत्यका पक्षमा उभिनु पनि एउटा धृष्टता हुन सक्छ, यसो भन्दैमा इमानको तिरष्कार गरेर झुठको पक्षमा ताली बजाउन यो मन मानेन । देशको इतिहास जतिपटक पढ्दा पनि जङ्गबहादुर राणामाथि न्याय हुन नसकेको अनुभूति भएपछि दुई दशकअघि घटना र विचारमा एउटा लेख लेखेर उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराइएको…