संसद् नै बन्धक तुल्याउने ‘व्यक्तिवाद’ !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक खिचातानीका कारण यतिबेला मुलुकको संसद् नै अवरुद्ध बन्न पुगेको छ । तीन महिनादेखि रिक्त रहेको सभामुखको ओहोदा सम्हाल्ने पात्रको चयन नेकपाको निम्ति फलामको चिउरा साबित भएको छ, जसका कारण जनप्रतिनिधिहरूले जनताका समस्याबारे बोल्ने, छलफल गर्ने एवम् मुलुकका लागि आवश्यक विधि निर्माण गर्ने थलो संसद् करिब एक महिनादेखि स्थगित छ…