■ देवप्रकाश त्रिपाठी काङ्ग्रेस पार्टीको नेतृत्वलाई सुझाव दिनु, तिनको आलोचना या टिप्पणी गर्नु भनेको समयको बर्बादी मात्र भएको जान्दाजान्दै पनि यसपटक केही समय बर्बाद गर्न खोजियो । दशक अघिदेखि पटक–पटक आत्मघाती कदम चाल्दै गरेको काङ्ग्रेस पार्टीको प्रजापरिषदीय यात्रा अब नरोकिएला र, यो यात्राले उसलाई एउटा निश्चित टुङ्गोमा पनि पुऱ्याउला, त्यसप्रति अधिकांश मानिसले चिन्ता लिन छोडेका…