सत्ता–खिचातानी छताछुल्ल !

स्वर्गीय मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा आयोजित विचारगोष्ठीमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच रोचक घोचपेच चल्यो । मदन भण्डारीको नाम लिँदै पुष्पकमल दाहालले उहाँ आग्रह–पूर्वाग्रहबाट माथि उठेको, आफूले भनेकै हुनुपर्छ भन्ने जड र सङ्कीर्ण सोच–शैलीबाट माथि उठेको, परिस्थितिअनुसार बदलिन सक्ने उदात्त व्यक्ति हुनुहुन्थ्यो भन्ने आसययुक्त अभिव्यक्ति दिए । दाहालको अभिव्यक्ति सुन्नेले ती शब्द स्वर्गीय…