निमिष झा राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ देखि १८ गतेसम्म उत्तरी छिमेकी चीनको ८ दिने भ्रमण पूरा गरेकी छिन् । चिनियाँ राष्ट्रपति सी जिङपिङको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी थिइन् । गणतन्त्र स्थापनापछि चीनले पहिलो पटक नेपालका राष्ट्रपतिलाई बेइजिङमा रेड कार्पेट बिच्छ्याएको हो । चीनमा अप्रिल २५ देखि…