देवप्रकाश त्रिपाठी सुरक्षाबिना लगानी असम्भव, लगानीबिना आर्थिक विकास असम्भव, आर्थिक विकासबिना समृद्धि असम्भव, समृद्धिबिना सुख असम्भव, सुखबिना शान्ति असम्भव र शान्तिबिना सुरक्षा असम्भव हुन्छ भन्ने आममान्यता छ । स्थिर रहने विश्वास गरिएको करिब दुईतिहाइ बहुमत प्राप्त नेपाल कम्युनिस्ट पार्टीको वर्तमान सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’को सुन्दर नारा जुन अघि सारेको छ, यसको कार्यान्वयनको आशा गर्न…