जय दशैँ, निर्भय दशैँ !

– बद्रीप्रसाद दाहाल यसपालि २०७५ असोज २३ गतेदेखि बडादशैंको महान् पर्व थालनी भएको छ । टाढा—टाढा बसेका आ–आफ्ना नानीबाबु मान्यजनका हातबाट टीकाटाला गर्न हर्षविभोर हुँदै घरआँगन टेक्दै छन् । आशीर्वादका भारी हालेर लबस्तरा र नकच्चरा थुप्रै म्यादी सरकारलाई धारेहातले बाइबाई गरी ताता मरुभूमि, चिसा परभूमिलाई कर्मभूमि बनाउन बाध्य छन् लाखौँ नेपाली नवयुवा । यता सत्ताधीस्थहरू…