काङ्ग्रेस पुरानै मान्यतामा फर्के के होला ?

– इन्द्रबहादुर बराल नेपालको राजनीतिमा सधैँ विशेष चर्चामा रहने नेपाली काङ्ग्रेस निर्वाचनमार्फत् गतिलो झड्का लागेपछि बौरिन नसकेकै अवस्थामा रहेको टीका–टिप्पणी जारी नै छ । यो निराधार आरोप पनि होइन । वास्तवमा काङ्ग्रेसभित्रका पनि खास गरेर सधैँ राज्यसत्ताको आडमा रसास्वादन गरेकाहरू बढी आहत भएका छन् । सामान्य कार्यकर्ता तथा शुभचिन्तकहरूमा भने तात्विक फरक भएको महसुस गरिएको…