एफ.एम.ले नेपाली संस्कृति बोल्न मिल्दैन ?

सुशील भट्टराई ‘विदेशी वेशभूषा, भाषा, आचरण, खुराक र गीत संगीतमा क्रमशः डुब्न लागेको काठमाडौं महानगर बुझ्नेहरूको निम्ति ठूलो सर्पले निल्दै गरेको सानो सर्पजस्तो भान हुन्छ ।’ उपरोक्त भनाइ स्व. पारिजातद्वारा २०३८ सालतिर लिखित एक उपन्यासमा पाउन सकिन्छ । २०३८ सालमा पनि काठमाडौंलाई विदेशी सभ्यता र संस्कृतिले गाँजेको महसुस गर्नुहुने पारिजातले अहिलेको परिस्थिति देख्न र भोग्न…