भौतिकवादको दबदबा

■ दीपेन्द्र पाण्डे राजनीतिक परिवर्तनको आडमा जस्केलाबाट छिराइएको धर्मनिरपेक्षतापछि मुलुकको प्रमुख धर्म नै इसाई धर्मजस्तो बनाइएको छ । जताततै चर्च र इसाईभक्त मात्र देखापरेको मुलुकमा क्रिसमसको केही दिन पहिला सपिङ सेन्टरमा पङ्क्तिकार प्रवेश गर्दा यस्तो भान हुन्थ्यो कि देशको सबैभन्दा ठूलो चाड हाम्रो घरआँगन आइसकेको छ । सेन्टरमा सान्टा क्लाउजको पहिरनमा सम्पूर्ण कर्मचारी देखिन्थे ।…