७५ वर्षअघिको नमुना आर्थिक सर्भे-रिपोर्ट

शून्य सालमा सरकारले जनताको ऋण तिरिदिन्छ भन्ने हल्ला बिलकुल निराधार हो भन्ने कुराको जति खण्डन गरे पनि ती निसहाय गाउँले पत्याउन तत्पर देखिँदैनथे– ऋणले अति आत्तिएका हुँदा । डुब्न लागेको मानिसले परालको त्यान्द्रोलाई सहारा सम्झी समात्दछ भनेझैँ, गाउँलेहरूको ऋण देखाउन र लेखाउनतर्फ त्यत्रो चासो देखाएकोले सर्भे डोरले पनि ऋणसम्बन्धी कुरामा विशेष निहालेर बुझ्न थाल्यो– आखिर…