राजनीतिमा अपराधीकरण घुसपैठ गराउने दलहरू नै !

■ नकुल काजी राजनीतिक अपराधीकरण भने पनि वा अपराधीकृत राजनीति भने पनि दण्डहीनता अन्ततः राजनीतिक शक्तिकेन्द्रहरूका छहरीमुन्तिर हुर्किने विषय हुँदै हो भन्ने जगजाहेर छ । यो विषय पञ्चायतकालीन सामाजिक र राजनीतिक परिवेशमा थियो, त्यसपछिका सिँढी भिन्न परिवर्तनका सङ्क्रमणकालीन चरणहरूमा निर्वाध लहरिँदै आज मौलाएको हो । यसकारण विगतका शासन–सत्ताधारीहरूले घटनापरक रूपमा अहिलेको दण्डहीनतालाई घोक्रो फुलाएर सत्तोसराप…