■ देवप्रकाश त्रिपाठी धन मानिसको जीवनसँग सीधै जोडिएको हुनाले मानव सभ्यताको विकाससँगै यसले प्राथमिकता पाउँदै आएको छ । मनुष्यका पाँच जन्मजात (स्थायी) प्रवृत्तिमध्ये मनोविज्ञानले आर्जनात्मकतालाई पनि मानेको छ । भोक, निद्रा, यौन र झगडाका निम्ति मानिसलाई कुनै शिक्षा या तालिमको आवश्यकता नपरेजस्तै आर्जन गर्न पनि सिकाइरहनुपर्दैन, बाल्यकालदेखि नै मानिसमा यस्तो गुणको स्वतः विकास भइसकेको हुन्छ…