मातृभूमिको सेवा हाम्रो अभीष्ट

प्रजातन्त्रको पुनर्स्थापनासँगै नेपालमा अभिव्यक्ति तथा प्रकाशन स्वतन्त्रताले मौलिक अधिकारको हैसियत पायो । २०४७ सालको संविधानले प्रकाशन तथा अभिव्यक्ति स्वतन्त्रतालाई नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेपछि स्वतन्त्रताको अलग माहोल सिर्जना हुन पुग्यो भने व्यावसायिक पत्रकारिताको लागि सो परिवेश अनुकूल रहेको अनुुभूति हुनु अस्वाभाविक थिएन । त्यसबेलासम्म राज्यनियन्त्रित पत्रकारिताको एक धार थियो जसले वास्तविक अर्थमा पत्रकारिताको कर्तव्य…