सङ्घीय, गणतन्त्रात्मक, धर्मनिरपेक्ष संविधान जारी गर्ने क्रममा संविधानसभा सदस्य रहेका र त्यसअघि चार वर्षसम्म संविधानसभा सदस्यको हैसियतमा रहेका कुल एक हजारभन्दा बढीलाई सरकारले राष्ट्रपतिमार्फत विशेष पदक तथा कदरपत्र उपलब्ध गराउने भएको छ । संविधान जारी गर्ने र नगर्ने दुई संविधानसभाका सदस्यहरूको कुल सङ्ख्या १२०२ हुने भए पनि करिब डेढ सयजना दोहोरिएर सभासद् भएका र केही…