काठमाडौंवासीले मेलम्चीको पानी पिउन अझै लामो समय पर्खनुपर्ने भएको छ । खानेपानीमन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरको गैह्रजिम्मेवार एवम् अनुचित व्यवहारका कारण इटालियन निर्माण कम्पनी CMC de Ravenna का प्रतिनिधिहरू काम छोडेर फर्किएका छन् । उनीहरू नफर्किएसम्म काम अगाडि बढ्ने सम्भावना देखिएको छैन, तर उनीहरू भने सुरक्षाका कारण नेपाल आउन नसक्ने भन्दै दुईपक्षीय छलफलसमेत…