वि.सं. १९३० वैशाखमा पाल्पा गौडा सम्हाली बसेका पश्चिमतर्फका प्रधानसेनापति बद्रीनरसिंह कुँवर राणाजीको रिडी काली गण्डकीको तीरमा जम्मा त्रिपन्न वर्षको उमेरमा मृत्यु भयो । यिनका छोराहरू मेजर लेफ्टिनेन्ट कर्णेल भैरवनरसिंह, अमीरनरसिंह, कुमारनरसिंह र किशोर नरसिंहहरूलाई किरियाकर्म इत्यादि सकी काठमाडौं आउनू भन्ने आदेश श्री ३ जंगको आएकाले किरियाकर्म सकी सबै काठमाडौं फर्के । धेरै पाल्पाली बूढापाकाहरूको भनाइ…