हामी कस्तो बोलिरहेका छौँ ?

बबिता बस्नेत मानिस भएर जन्मिएपछि हरेक कुरामा प्रतिक्रिया दिनैपर्नेझैँ गरी हामी टीका–टिप्पणी गरिरहेका हुन्छौँ । सर्वसाधारणले दिने प्रतिक्रियाले वरिपरिको माहोललाई मात्र प्रभाव या असर गरे पनि सार्वजनिक व्यक्तित्वका बोलीले ठूलो सङ्ख्यामा मानिसहरू प्रभावित भइरहेका हुन्छन् । उहाँहरूले बोलेको कुरालाई मिडियाले जस्ताको तस्तै प्रसारित, प्रकाशित गरिदिँदा नकारात्मक भाववाला टिप्पणीहरूले आममानिसमा प्रभाव जमाउन पुग्छ । कहिलेकाहीँ हाम्रा…