गृहमन्त्री पाउन भित्रभित्रै प्रतिस्पर्धा !

सर्वोच्च अदालतको निर्णय अनुकुल बनाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माओवादी गठबन्धन प्रयासरत भए पनि प्रधानमन्त्री केपी शर्मा ओली भने जसपासहित विभिन्न पक्षलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्ने योजनामा रहनुभएको छ। प्राप्त जानकारीअनुसार जसपा अध्यक्ष महन्थ ठाकुरको सङ्केत मिल्ने बित्तिकै प्रधानमन्त्रीबाट मन्त्रीमण्डल पुनर्गठन हुनेछ । मन्त्रीमण्डलमा जसपालाई कम्तिमा आठदेखि दश मन्त्रालय प्राप्त हुन सक्ने बताइएको छ ।…