नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक शुक्रबार पुनः बस्ने भएको छ । बिहीबार राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको हो । सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष बिहीबारको बैठकमा निकालिएको छ । पार्टीको १४औँ महाधिवेशनपछि पनि कांग्रेस विधान र विधिसम्मत ढंगले सञ्चालन हुन…