काङ्ग्रेस पुनःसंरचनाको अपरिहार्यता !

■ देवप्रकाश त्रिपाठी नेतालेसामान्य छलफलसम्म नगरिकन नीति बदलिदिँदा, विरोधिले घरमा आगो लगाउँदा र विदेशीले आफ्ना नेताको ‘नेतृत्व लिँदा’ आहाल बसेको गैंडाझैँ हलचल नगर्ने कार्यकर्ता कुन अवस्थामा जागरुक हुन्छन् भन्ने कुराको राम्रो जानकारी काङ्ग्रेसका ‘स्थायी नेता’हरूलाई छ । सबै अवस्थामा मौन र निष्कृय रहेका काङ्ग्रेस कार्यकर्तालाई ‘अधिवेशन या महाधिवेशन’ शब्द सुनाइदिनुपर्छ उनीहरूको दौडधुप शुरु भइहाल्छ ।…