पार्टी एकीकरण परिपक्व नहुँदै राप्रपामा पहिरो

हालै एकीकृत भई एकीकरणपछिका प्रक्रियाहरु पूरा गर्दै गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा पहिरो गएको छ । एकीकरण प्रक्रिया परिपक्व बन्न नपाउँदै पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा केन्द्रीय सदस्य विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार…