कांग्रेसको स्थानीय तह अन्तरिम व्यवस्था निर्देशिका पारित

नेपाली कांग्रेसले स्थानीय तहको सङ्गठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएकाले ‘स्थानीय तह सङ्गठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६’ पारित गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज (आइतबार) बसेको बैठकले पार्टीको विधानको धारा ५० (५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी विधानबमोजिम सो निर्देशिका सर्वसम्मतिले पारित गरी लागू गर्ने निर्णय गरेको बताइएको छ…