पार्टी केन्द्रिय सचिवालयको यही भदौ १ गतेको बैठकले पूर्वाग्रही भएर बरियतामा अगाडि रहेका नेतालाई पन्छाउँदै कनिष्ठ व्यक्तिहरूलाई जिम्मेवारी दिइएको आरोप लगाउँदै सत्तारुढ नेकपाका शीर्ष तहका नेता माधवकुमार नेपालले असहमति पत्र (नोट अफ डिसेन्ट) दर्ता गराएका छन् । लिखित असहमति राख्दै उनले युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य र घनश्याम भुषाल जस्ता नेतालाई सचिवालयबाट बाहिर राख्न…