नेकपाका महासचिव भन्छन्, ‘नेकपाले नयाँ उचाइ हासिल गऱ्यो’

सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेपालको राष्ट्रिय राजनीतिमा पार्टीले नयाँ उचाइ हासिल गरेको दाबी गरेका छन् । पार्टीको रुपन्देही जिल्ला कमिटीले आज (सोमबार) बुटवलमा आयोजना गरेको शपथ ग्रहण समारोहमा उनले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता प्रक्रिया टुङ्गिएर सबै तहमा सौहार्दपूर्ण तरिकाले सङ्गठन निर्माण भएकाले पार्टीले विशिष्टता हासिल गरेको तर्क गरेका हुन्…