राप्रपा पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा

कमल थापासँग असन्तुष्ट रहँदै आएका दिलविकास राजभण्डारीलाई थापाले पार्टीको उपाध्यक्ष मनोनयन गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको शुक्रबार काठमाडौंमा आयोजित कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष थापाले यस्तो निर्णय सुनाएका हुन् । अध्यक्षले पार्टीको विधानानुसार नै बागलुङ ठेगाना भएका केन्द्रीय सदस्य दिलविकास राजभण्डारीलाई उपाध्यक्षमा मनोनयन गरेका सो पार्टीले जनाएको छ । शुक्रबारको बैठकले मुलुकमा हिन्दूराष्ट्र स्थापना गर्नेबारे…