मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी संगठनहरूको माग

नेपाल आयल निगममा भएको चुहावट र भ्रष्टाचारको नियन्त्रण गर्नेतिर नलागी जनताको ढाड सेक्ने गरी पटक–पटक मूल्यवृद्धि गरिएको भन्दै सातवटा विद्यार्थी संगठनले मूल्यवृद्धि तत्काल फिर्ता लिन आग्रह गरेका छन् । सातवटा विद्यार्थी संगठनहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै माग सुनुवाई नभए सरकारविरुद्ध कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्…