सप्तरीमा उत्साहपूर्ण वातावरणमा उम्मेदवारी दर्ता

हेमशंकर सिंह राजविराज । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत आगामी असोज २ गते हुने निर्वाचनका लागि बुधबार उम्मेदवारहरुले उत्साहपूवर्क मनोनयन दर्ता गरेका छन् । सप्तरीका १८ स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयहरुले दल र स्वतन्त्र उम्मेदवारहरुलाई पालो मिलाएर मनोनयन पत्र दर्ता गरेका छन् भने कतिपय निर्वाचन अधिकृतको कार्यालयले जो अगाडि आए उसैको दर्ता पहिले गरेका छन्…