कांग्रेस संसदीय दलको सचेतकमा प्रखर नेतृ पुष्पा

नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल मनोनयन हुनुभएको छ । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज उहाँलाई सचेतकमा मनोनयन गर्नुभएको संसदीय दलका नेता देउवाका निजी सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभा सदस्य पुष्पा भुसाललाई दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम मनोनयन गरिएको हो…