ओली सरकारले जारी गरेको श्वेतपत्रप्रति नेपाली कांग्रेसले विशेष पत्रकार सम्मेलन आयोजना गरी आपत्ति जनाएको छ । सानेपास्थित पार्टी कार्यालयमा सञ्चारकर्मीहरु निम्त्याएर सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आधिकारिक धारणा प्रष्ट्याए- 'सरकारले श्वेतपत्रमा असन्तुलित रुपमा तथ्यांक प्रस्तुत गरी अबौद्धिक र अव्यवहारिक चरित्र देखाएको छ, श्वेतपत्रमा लेखिए जस्तो नेपालको अर्थतन्त्र कमजोर छैन ।' प्रवक्ता शर्माले सरकारले नैतिक…