सेनाद्वारा गोर्खाली स्मारिका

प्रथम र द्वितीय विश्वयुद्धमा अदम्य साहसका साथ दुस्मनलाई परास्त गरी भिक्टोरिया क्रसजस्तो उच्च सम्मान पाएका वीर गोर्खालीको स्मृतिमा गुल्मीमा रहेको नेपाली सेना गुरुगोरख गुल्मले पार्क निर्माण गरेको छ । सदरमुकाम तम्घासको बाख्रेछेडामा भिक्टोरिया क्रस स्मारक पार्क बाख्रेछेडा नामकरण गरी गुल्मी क्षेत्र नम्बर २ का सांसद चन्द्र भण्डारीबाट उद्घाटनसमेत गराइएकोे छ । नेपाली सेना गुरुगोरख गुल्मका…