मुलुकमा नयाँ अभ्यास : सातै प्रदेशमा सांसदले लिए शपथ

 मुलुकका सातै प्रदेशका प्रदेशसभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेशसभाका सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि शपथ लिनुपर्ने संवैधानिक व्यवस्थानुरुप उहाँहरुले शपथ लिएसँगै मुलुकमा संक्रमणको खाडल साँगुरो हुनाका साथै संघीयता कार्यान्वयनले एक चरण पार गरेको छ । यसअघि विकेन्द्रीकरणका नाममा मुलुकमा पाँच विकास क्षेत्र भए पनि…