‘वरिष्ठ’हरू भौँतारिएपछि ‘बलिष्ट’को साथ देउवातिर !

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवालाई चुनौती दिने तत्परता लिएपछि देउवाले ‘चम्किएका’ केही युवा नेताहरूलाई काबुमा लिएर सिंहसँग भिड्ने तयारी गरेका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ विजयी तेइस (२३) सांसदमध्ये प्रकाशमानले मात्र संसदीय दलको नेतामा चुनाव लड्ने सार्वजनिक घोषणा गरेका छन् । यस्तैप्रकारको अठोट महामन्त्री शशाङ्क कोइरालाबाट जाहेर हुन सक्ने आशा आमकाङ्ग्रेस कार्यकर्ताले गरेका…