सत्ता परिवर्तनसँग भारतलाई जोड्नु अनावश्यक : डा. भट्टराई

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालको सत्ता परिवर्तनमा भारतको भूमिकाबारे अनावश्यक चर्चा हुने गरेको बताएका छन् । दाङ तुलसीपुरमा सोमबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रमा बोल्दै उनले नेपालको सत्ता परिवर्तनमा सधैं भारतलाई हेर्ने गलत प्रवृत्ति रहेको उल्लेख गरे। नेपालको आन्तरिक मामिलाको हल यहीँका दलले गर्नुपर्ने बताउँदै डा. भट्टराईले बाहिरी हस्तक्षेप स्वीकार्य चाहिँ नहुने…